काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आइतबार दिउँसो सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले कृषि क्षेत्र र किसानहरुलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउनसमेत सम्बन्धित मन्त्रालय र सचिवहरुलाई समेत निर्देशन दिएको छ ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1