गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिए

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

न्यूयोर्क । इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले बताउनु भएको छ ।
गुटेरेसले विश्व सङ्गठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताउनु भएको छ ।
“गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् – जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं। हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ,” महासचिव गुटरेसले ट्विटरमा लेख्नु भएको छ । “म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु” उहाँले लेख्नु भएको छ ।
गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ । करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरायलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरायल-हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ