टिप्परको ठक्करबाट दुई युवकको मृत्युभएपछि आइतबार दाङमा यातायात बन्दको घोषणा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । शुक्रबार राति टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङमा यातायात बन्दको घोषणा गरेको छ । शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताउनुभयो ।

मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलनका कार्यक्रमको घोषणा गरिएको संयोजक पोख्रेलले जनाउनुभयो । उहाँले दोषी रहेका यातायात व्यवसायीले पीडित परिवारसँग कुनै कुराकानी गर्न नखोजेकाले सहमतिमा आउन नसकेको बताउनुभयो । पोखरेल प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका ४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरीत दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ