नेकपा माओवादी केन्द्रले गठन गर्‍यो  सात सदस्यीय विधान मस्यौदा समिति

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपलब्ध पदाधिकारी बैठकले पार्टीको विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अभियानबाट पार्टी चलायमान र गतिशील भएको भन्दै भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले देशैभरि पालिका स्तरमा जनपरिचालनसहित यही पुस १६ गते पार्टी रूपान्तरण अभियान समापन गर्ने निर्णय पनि गरेको छ । यसै गरी माओवादी केन्द्रको उपलब्ध पदाधिकारीहरूको बैठकले पार्टीको विधान सम्मेलनको तयारी स्वरूप विधान मस्यौदा तयार पार्न सात सदस्यीय मस्यौदा समिति गठन गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू  गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की हुनुहुन्छ ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ