नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसरः उपराष्ट्रपति यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालले राजनीतिक, आर्थिक र सामाजिक विकास गरिरहेको उल्लेख गर्नुभएको छ । मानव अधिकारको विश्वव्यापी प्रतिबद्धता थप बलियो र सुदृढ बनाउनुपर्ने चर्चा गर्दै कार्यक्रममा उपराष्ट्रपति यादवले भन्नुभयो, “मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसङ्गति, अन्याय, अत्याचार, भेदभाव, हिंसाविरोधी भावना आदि अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट भई अठोट र दृढसङ्कल्पसाथ अघि बढ्न अत्यन्तै आवश्यक छ,” उहाँले पछिल्ला वर्षमा मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लिखित प्रतिबद्धता, मर्यादा र अधिकारमा समानतामाथि निरन्तर प्रहार भइरहेको बताउनु भएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ