पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै: अर्थमन्त्री डा. प्रकाश शरण महत

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा। अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घले मङ्गलबार हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री महतले सरकारले लिएको सुधारको नीतिका कारण अर्थतन्त्र पछिल्लो समय सुधारोन्मुख अवस्था रहेको बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव विस्तारै हटेको, तर सबै हटेको अवस्था भने  नरहेको बताउनुभयो ।

वित्त व्यवस्थापनमा देखिएको समस्या, मौद्रिक नीति, आन्तरिक तथा बाह्य कारणले अहिले समस्या आएको भन्दै उहाँले जग्गा र शेयरमा बढी लगानी भएका कारण अहिलेको समस्या आएको जानकारी दिनुभयो । उहाँले लगानीका नयाँ क्षेत्रको खोजी हुनुपर्ने भन्दै सरकारको मात्र प्रयासमा समस्या समाधान नहुने भएकाले निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य कृष्ण कटुवालले बढ्दो व्याजदर घटाउनुपर्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले एक अङ्कको मात्र व्याजदर हुने नीति आवश्यक भएको बताउनुभयो । अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाउँदै उहाँले विद्युत महशुलमा रहेको डिमाण्ड शुल्क हटाउन माग गर्नुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण निर्माण गर्न माग गर्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ