परिणाममुखी काम गर्न मन्त्री रिजालको निर्देशन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ खरो रूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिनुभएको हो । आर्थिक वर्ष २०८०/८१ को मङ्सिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानुन विपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भन्नुभयो, “आफ्ना कमी कमजोरीलाई ढाकछोप नगरी इमानदारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेत गर्नुभयो ।

ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरुपण गर्नेतर्फ आफ्नो ध्यान जाने र अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

मन्त्रालयमा आर्थिक वर्ष २०८०/८१ को मङ्सिरसम्मको खर्चमा चालुतर्फ ३१ दशमलव शून्य दुई प्रतिशत अर्थात् एक अर्ब ५० करोड ३२ लाख, पुँजीगततर्फ ३ दशमलव शून्य छ प्रतिशत अर्थात् रु १० करोड १० लाख गरी कूल १९ दशमलव ७ एक प्रतिशत अर्थात् रु एक अर्ब ६० करोड ४२ लाख खर्च भएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ