काठमाडौं । पोर्चुगलको राजदूतमा अनुमोदित भएका सनिल नेपालले पोर्चुगील स्टार रोनाल्डोलाई नेपालमा ल्याएर फुटबल खेलाउछु भनेको विषय अहिले नेपालमा आलोचनाको खुराक बनेको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गरेको थियो । उनलाई पोर्चुगलले फुटबल क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिमा नेपालको फुटबललाई जोड्न के गर्न सकिन्छ भन्ने प्रश्नमा उनले रोनाल्डोलाई नेपालमा ल्याउने र यहाँको फुटबल खेलको विकासका लागि काम गर्ने जवाफ अहिले सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बनेको हो । गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। उनले विश्व फुटबलका स्टारलाई नेपालमा ल्याउने सपना नेपालीलाई सुनाउदा उनको भनाई प्रति अहिले आलोचना बढेको हो । उसो त, रोनाल्डोलाई नेपालमा ल्याउने विषय ठुलो कुरा होइन व्यवसायीक खेलाडी वा कुनै स्टारलाई उसले मागेको रकम दिन सके ठुलो कुरा होइन तर, एउटा राजदूतले विश्व फुटबलका स्टारलाई नेपाल ल्याउछु भन्ने विषय भने संभावना बाहिर रहेको कतिको भनाई छ । राजदूत नेपालको भनाईमा कतिले सहमति जनाएका छन्, उनि युवा राजदूत हुन, पढे-लेखेका भएकाले त्यहाँको सरकारसँगको सहकार्यमा यो कार्य हुन सक्छ तर, नेपालको आर्थिक अबस्था र नेपाल सरकारले उपलव्ध गराउने बजेटले यसको सम्भावना नभएको कतिले तर्क गरेका छन् । किन कि यसअघिका राजदूतले फुटबल स्टार ल्याउने त के, नेपाल र पोर्चुगलबीच फुटबल खेललाई जोड्ने विषयमा कुनै राय व्यक्त गरेका थिएनन् । पोर्चुगल विश्व फुटबलमा चर्चित र बलियो देशका रुपमा लिने गरिन्छ । उसो त, उनले संसदीय समितिमा पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताएका थिए ।
पोर्चुगलका राजदूत नेपालले विश्व फुटबल स्टार रोनाल्डो नेपाल ल्याउछु भनेको विषय आलोचित बन्दै
यो लेख साझा गर्नुहोस्
समीक्षा छोड्नुहोस्