प्रतिपक्षीका नेता ओलीले भनेः एनसेल प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा धेरैको संलग्नता रहेको बताउनुभएको छ । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारी व्यक्तिको संलग्नताबिना बेचिन नसक्ने आरोप लगाउनुभयो । खरबौँको कारोबार हुने कम्पनी केही अर्बमा मात्र बिक्री गर्दा आशङ्का उब्जिएको उहाँको भनाइ छ । देशलाई घाटा पारेर सरकारमा रहेकाहरूले जालझेल गरी अर्को कम्पनीलाई बिक्री गरेको उहाँले टिप्पणी गर्नुभयो । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीको मूल्यमा जालझेल गरी बेच्न लागेको उहाँले चर्चा गर्नुभयो । नागरिकहरूले सरकारको संलग्नता रहेको आरोप लगाइरहँदा त्यसबारे सरकारले प्रष्ट पार्नुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘हामीले चुनावमा भोट दिएर जिताइ पठाएकाहरू सरकारमा जाँदा अहिले के गरिरहेका छन् भनेर जनताले प्रश्न गरिरहेका छन् । क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ । कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ । कति किलो दिनैपिच्छे सुन देशमा तस्करी भइरहन्छ । यो उचित होइन ।’

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ