प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले किन गरे राजीनामा ?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको पदबाट मंसिर २० गते नै राजीनामा दिएको गजुरेलले जानकारी दिए । आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त भइनसकेको गजुरेलले बताए । २० गते बिहान मैले पदबाट राजीनामा दिएको हो । त्यसपछि सिंहदरबार पनि गएको छैन, उनले भने ।

प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको गजुरेलले बताए ।मेरो राजीनामा व्यक्तिगत असन्तुष्टि र पदको लाभको अपेक्षाका लागि होइन । मैले राजीनामाको कारण स्पष्ट रूपमा लेखेको छु । त्यो स्वीकृत भएसँगै कारण सार्वजनिक होला, उनले भने ।

सिन्धुलीका स्थायी बासिन्दा गजुरेल पूर्वमन्त्री पनि हुन् । उनी प्रतिनिधिसभाको गत मंसिरको निर्वाचनमा उम्मेदवारका लागि टिकट पाएका थिएनन् । प्रधानमन्त्री दाहालले गत माघ ९ मा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ