बलात्कारगरि नाबालिकाको हत्या

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनुषा । धनुषाको सबैला नगरपालिकाको कुसमाहा गाँउमा एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या गरेको छ । बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हत्या गरी शव खाल्डोमा फालिएको फेला परेको छ । बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी गर्दा घटना पत्ता लागेको जनाएको छ । बिहीबार राति ९ बजे सबैला नगरपालिका ९ स्थित मृतकको घरबाट एक किलोमिटर परको खाल्डोमा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानमा संलग्न दुई जना युवकलाई पक्राउ गरी थप कारबाही अघि बढाइएको जनाएको छ । छिमेकीको विवाहमा गएकी उनी अबेर रातिसम्म घर नफर्केपछि उनको खोजी गरिएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
100%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ