बारामा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोप्रति कांग्रेसको भर्त्सना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले बारामा पारिश्रमिक नपाएर आन्दोलनरत शिक्षकहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोप्रति भर्त्सना गरेको छ । प्रहरीको निर्मम दमन र गोली प्रहारबाट एक जनाको मृत्युसमेत भएको भन्दै कांग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरुले छ महिनादेखि पारिश्रमिक नपाएपछि नगरपालिका अगाडि दुई महिनादेखि शान्तपूर्ण आन्दोलन गर्दै आएका थिए । तर बुधबार उनीहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप हुँदा तनाव उत्पन्न भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा सिम्रौनगढ नगरपालिका १ का लक्ष्मीमुखिया बिनको ज्यान गएको थियो भने केही आन्दोलनकारीहरु घाइते भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शान्तिपूर्ण धर्नामा बसेका शिक्षकहरुमाथि प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेका छन् । घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ,पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ