मणिपालबाट सम्पर्कविहीन युवकको शव सेतीमा फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ । 

उपचारका लागि मणिपाल अस्पतालमा भर्ना हुनुभएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । मणिपालको आकस्मिक कक्षमा उपचाररत सङ्गम आफ्ना बुवा हरिप्रसाद औषधी लिन गएका बेला अस्पतालबाट निस्कनुभएको थियो । ज्वरो आएपछि उहाँलाई उपचारका लागि भर्ना गरिएको थियो ।  नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा सङ्गमको शव फेला परेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी सम्मिलित टोलीले शव निकाली पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता विकले बताउनुभयो । 

मणिपाल अस्पतालबाट नदीपुरतर्फ आउने सेती नदीको झोलुङ्गे पुलको बिचमा सङ्गमले लगाएका कपडा र परिचयपत्र भेटिएका थियो । सङ्गमको परिवारले समेत ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेको छ । 

उहाँले नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै खोजीका लागि सेती नदीको ड्याम खोलिएको हो । नदी छेउछाउ नजान सार्वजनिक सूचना जारी गर्दै प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्याम खोलेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ