माघ मसान्तभित्र १६औँ योजना सार्वजनिक गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र १६ औँ योजना सार्वजनिक गर्ने भएको छ । आयोगको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता यमलाल भूसालले जाजरकोट भूकम्पका कारण कार्यतालिकामा फेरबदल भएपनि माघ मसान्त सम्म १६ औँ योजना सार्वजनिक गर्ने गरि काम भइरहेको जानकारी दिनुभयो ।

आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६औँ योजनाले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

डा. श्रेष्ठले कोभिड १९, रुस र युक्रेन युद्ध, प्रक्रियामुखी कार्यशैली,आवश्यक कानूनको निर्माणमा भएको ढिलासुस्तीले १५ औँ योजनाका अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । 

डा. श्रेष्ठले नेपालले  दिगो विकास लक्ष्य प्राप्तिमा ४२ प्रतिशत प्रगति हासिल गरेको भन्दै संयुक्त राष्ट्रसङ्घका अन्य मुलुकहरूभन्दा नेपालको अवस्था राम्रो रहेको बताउनुभयो ।

डा.श्रेष्ठले विगतका कमी कमजोरीलाई सुधार गर्दै १६ औ योजनालाई बस्तुनिष्ठ र कार्यान्वयन योग्य बनाउन सरोकारवाला निकाय र विज्ञसँग घनिभूत छलफल गरिएको बताउनुभयो  ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ