राप्रपा सांसदलाई मन्त्री किरातीको जवाफ स् संविधान स्वीकारेर आएकाले धर्मनिरपेक्षता मान्दिनँ भन्न पाउँदैन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संविधानमा धर्मनिरपेक्ष राष्ट्रको व्यवस्था रहेको अभिव्यक्ति दिँदा राजीनामा देउ भन्नु सही नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले धार्मिक द्वन्द्व फैलाउने भाषण गरेको भन्दै मन्त्री किरातीलाई माफी माग्न र राजीनामा दिन माग संसदीय समितिमा गरेका थिए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री किरातीले संविधानअनुसार चल्नुपर्छ भन्दा आफ्नो माफी र राजीनामाको कुरा उठेको बताउनुभयो ।

उहाँले बुधबार दिएको अभिव्यक्तिलाई लिएर उठेका प्रश्नको जवाफ संसदीय समितिमा दिनुभएको हो । माफी माग्ने, राजीनामाको कुरा पनि छ, मेरो । हिजो एक कार्यक्रममा गएको थिए । म बोलेको संविधानको भावनाअनुसार चल्नुपर्छ भनेर हो, उहाँले भन्नुभयो ।

मुलुक धर्मनिरपेक्ष राष्ट्र भएकाले सामाजिक, सांस्कृतिक कुरा संविधानमा सोहीअनुसार रहेको मन्त्री किरातीको भनाइ थियो । संविधानअनुसार धर्मनिरपेक्षता जसले मान्दैन त्यो देशद्रोही हो भनेर आफूले अभिव्यक्ति दिएको उनको प्रष्टिकरण थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ