राष्ट्रियसभा निर्वाचनका लागि १२ राजनीतिक दलद्धारा दल दर्ताको निवेदन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार शुक्रबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दल दर्ताको निवेदन दिएसँगै निवेदन दिने दलको संख्या १२ पुगेको हो । निवेदनहरुमाथि चाँडै जाँचबुझ गरिने आयोगले जनाएको छ । निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् । आयोगले दर्ताका लागि मंसिर २४ गतेदेखि मंसिर २९ सम्मको समय दिएको थियो । १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ