विशेष अदालतले स्वच्छ सुनुवाई गरिरहेको छ : अध्यक्ष कुँवर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले ढिलासुस्ती, दबाब र प्रभावभन्दा टाढा रहेर विशेष अदालतले स्वच्छ सुनुवाई गरिरहेको बताउनुभएको छ । विशेष अदालतमा आज आयोजित पत्रकार भेटघाटमा अध्यक्ष कुँवरले न्यायको पहुँच सहज बनाउन अदालतले भर्चुअल बहसको तयारी गरिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष कुँवरले विशेष अदालतले मिसिल, तथ्य, प्रमाण र कानुनका आधारमा फैसला गर्ने गरेको भन्दै अदालतमा विचाराधिन मुद्दाका विषयमा समाचार बनाउँदा संवेदनशील भइदिन आग्रह समेत गर्नुभयो ।

अध्यक्ष कुँवरले अदालत सधैँ पारदर्शी हुने गरेको भन्दै सेवाग्राहीलाई कत्ति पनि दुःख नहोस् भनेर सजग हुने गरेको बताउनुभयो ।

विशेष अदालतका प्रवक्ता एवम् उपरजिस्ट्रार धनबहादुर कार्कीले चालु आर्थिक वर्षको अहिलेसम्म कुल ४ सय ३४ थान मुद्दामध्ये १ सय २३ थान मुद्दा फर्छ्यौट गरेको जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार विशेष अदालतले मङ्सिर मसान्तसम्मका लागि राखेको मुद्दा फर्छ्यौटको लक्ष्य अनुसार ८६ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक बर्ष २०७६÷ ०७७ यताको मुद्दा फर्छ्यौटका आधारमा यो अवधिको सबैभन्दा बढी हो ।

यस्तै विशेष अदालतले मङ्सिर मसान्तभित्र दुई बर्ष पुरानो ७२ थान मुद्दा फच्र्यौट गरेको र अदालतमा ३ सय ११ थान मुद्दा फच्र्यौट हुन अझै बाँकी रहेको जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ