वैदेशिक रोजगारीमा जानेका लागि आप्रवासी स्रोत केन्द्र

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आफ्नो जीविकोपार्जनका लागि देश छाडी वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पाल्पामा बढ्न थालेपछि त्यहाँको समस्या र चूनौती सहजकीरण गर्न तानसेन नगरपालिकाले पहरेदारको भूमिका थालेको छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रवासी स्रोत केन्द्र (सहायक कक्ष) को समुद्घाटन गरी त्यसमा थप निगरानी बढाउने तयारी गरिएको छ । वैदेशिक रोजगारीमा जानेसँग जति सूचना र जानकारी हुनुपर्ने हो त्यो नभएकाले  विभिन्न समस्या आएको बुझाइ छ । रोजगारीका लागि विदेश जाने युवालाई सही जानकारी गराउने लक्ष्य केन्द्रको छ ।

स्रोत केन्द्र आफैं समस्याको समाधान गरिदिने निकाय नभए पनि सम्बन्धित निकायसम्म पहुँच बनाइदिने काम र पहुँच बनेपछि सेवा प्राप्त गर्न केन्द्रले सहयोग गर्ने तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।  

तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिञ्जालीले समस्याबाट केही भए पनि राहत दिलाउन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जान राहदानी बनाउन सहज होस् भनेर जिल्ला प्रशासनमा नै केन्द्र स्थापना गरिएको छ ।” 

सहायक कक्षलाई सर्वसाधरणको घरसम्म पहुँच पुगाउने काम गर्ने विश्वास  उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका टुकराज पाण्डेले जानकारी दिनुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
100%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ