‘श्यामल’ सहित वरिष्ठ साहित्यकारहरू सम्मानित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न विधाका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गरेको छ । संस्थाको सातौँ साधारण सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्रष्टाहरूलाई सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम स्रष्टा सम्मान २०८० वरिष्ठ कवि एवं निबन्धकार हरिहर अधिकारी ‘श्यामल’ लाई प्रदान गरिएको छ । उहाँ राष्ट्रिय समाचार समिति ९रासस०का पूर्व कार्यकारी अध्यक्ष हुनुहुन्छ । त्यसैगरी सोही सम्मानबाट साहित्यकार बलदेव शर्मा ‘मजगैया’ र प्राडा मीनबहादुर बिष्ट समेत सम्मानित हुनुभएको छ ।

लोकेन्द्र शाह स्मृति सम्मान २०८० बाट कवि तथा कथाकार अम्मर शाह, कालीदास जोशी स्मृति सम्मानबाट कवि तथा समालोचक डा दीपक गौतम, प्रेम प्रकाश मल्ल स्मृति सम्मानबाट कवि तथा लोक साहित्य अन्वेषक मनोहर लामिछाने, इन्द्रमणि मानव स्मृति सम्मानबाट कवि तथा लोकसंस्कृति अन्वेषक मोतीराज बम सम्मानित हुनुभएको छ ।

कृष्णसेन इच्छुक स्मृति सम्मान प्रा। डा। गोपीन्द्र पौडेल, नेत्रलाल अभागी स्मृति सम्मान वरिष्ठ साहित्यकार गिरीराज शर्मा, योगी नरहरिनाथ स्मृति वाङ्मय पुरस्कार र हरिप्रसाद मानकुमारी उपाध्याय स्मृति पुरस्कार विशिष्ट वाङ्मय साधक प्रा.डा. चूडामणि बन्धुलाई प्रदान गरियो । त्यस्तै संस्थापक सम्मानबाट मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँका संस्थापक अध्यक्ष प्रा डा केशव सुवेदी सम्मानित हुनुभएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ