श्रीलङ्काका विदेश मन्त्री नेपाल भ्रमणमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । श्रीलङ्काका विदेश मन्त्री एमयुएम अली साब्री चार दिने औपचारिक भ्रमणमा आज नेपाल आउनुभएको छ ।  नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले गर्नुहुनेछ । साथै दुई विदेश मन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुनेछ ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेश मन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँ पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नुहुनेछ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ