सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशको सुनुवाई प्रक्रिया शुरु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनु भएका न्यायाधीश द्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानसँग आज सुनुवाई गरेको । संघीय संसद् सचिवालयमा भएको छुट्टाछुट्टै सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सकेसम्म सरल र सुलभ तवरले गर्ने गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सबैका लागि न्याय सुनिश्चित गर्न न्यायपालिकाले गरेका प्रयास, न्यायपालिकाका वर्तमान नेतृत्वले गरेको कार्ययोजनामा संस्थागत र व्यक्तिगत रुपमा प्रतिबद्धता रहेको भन्दै प्रस्तावित न्यायाधीश सुवेदीले संविधानको मर्म र भावना बमोजिम स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको प्रत्याभूति हुनेगरी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैगरी प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाको स्वतन्त्रता र न्यायिक सुशासन हाम्रो प्रतिबद्धता भन्ने नारालाई आत्मसाथ गर्दै कार्यसम्पादन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायधीश र कर्मचारीको कर्तव्य हो भन्दै प्रस्तावित न्यायाधीश मुसलमानले यसका लागि आफ्नो महत्त्वपूर्ण योगदान रहने बताउनुभयो ।

न्यायपरिषदले यही मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ । उहाँहरूमध्ये न्यायाधीश सुवेदी र मुसलमानसँग आज समितिले सुनुवाई गरेको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ