सांसद सिंहविरुद्ध कानुनी उपचार खोज्न प्रधानमन्त्री सचिवालयद्वारा प्रतिनिधिसभाको ध्यानाकर्षण, किन तगारो बन्छन् सिंह ?

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको परिवार र सचिवालयविरुद्ध श्रृंखलाबद्ध दुष्प्रचार गरेको भन्दै सांसद अमरेशकुमार सिंहविरुद्ध कानुनी उपचार खोज्न प्रधानमन्त्री सचिवालयले प्रतिनिधिसभाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सचिवालयले सांसद सिंहले आफ्नो निहीत स्वार्थ पूरा नभएपछि प्रधानमन्त्रीको परिवार र सचिवालयविरुद्ध दुष्प्रचार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

सांसद अमरेशकुमार सिंहले आफ्नो निहीत स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन् । उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ, विज्ञप्तिमा भनिएको छ, उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानीत प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौं । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले सरकार गठनलगत्तै सांसद सिंहले मन्त्री मागेको बताए ।

सर्लाही-१ बाट स्वतन्त्र निर्वाचित सिंहले संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यसपछि उनले सरकारमा सहभागी गराउने अपेक्षा गरेको र त्यो अपेक्षा पूरा नभएपछि प्रधानमन्त्रीको परिवार र सचिवालयविरुद्ध लागेको मल्लको भनाइ छ ।

सांसद सिंहले पछिल्लो समय प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालमाथि विभिन्न आरोप लगाउँदै आएका छन् । उनले सामाजिक संजालमा प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सचिव रहेकी दाहालको विषयमा लेख्दै र बोल्दै आएका छन् । उनले यसअघी संसद्मा पनि प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालको विषयमा प्रश्न उठाउँदै आएका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
scattered clouds
11° _ 11°
62%
2 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ