हंगेरीले रोक्यो युक्रेनकालागि ५० अर्ब युरोको सहयोग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । सदस्यताको विषय छलफल सुरु गर्ने सहमति बनेको केही घण्टापछि नै हंगेरीले युक्रेनका लागि युरोपियन युनियन (ईयू) को ५० अर्ब युरो बराबरको सहायता रोकेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबानले सामाजिक सञ्जालमार्फत युक्रेनलाई थप रकम प्रदान गर्ने निर्णयमा भिटो प्रयोग गरेको जानकारी दिएका हुन् । ईयूका नेताहरूले युक्रेनका लागि आर्थिक सहायताबारेको छलफल अब अर्को वर्षको सुरुवातबाट पुनः सुरु गरिने बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर रहेको छ । ईयूका नेताहरूले बिहीबार युक्रेन र मोल्डोभासँग सदस्यताबारे छलफल सुरु गर्ने निर्णय गरेसँगै ओरबानले सहायता रकम रोक्न भिटो प्रयोग गरेको जानकारी दिएका थिए । हंगेरीले लामो समयदेखि युक्रेनलाई ईयूको सदस्यता दिने विषयमा आपत्ति जनाउँदै आएको छ । तर, उसले यसमा भने भिटो प्रयोग गरेन । युरोपियन काउन्सिलका अध्यक्षका प्रवक्ताले यो निर्णय सर्वसम्मत रूपमा गरिएको जानकारी दिए । युक्रेनका लागि राष्ट्रपति भ्लादोमिर जलेन्स्कीले सदस्यताका लागि छलफल सुरु गर्ने ईयूको निर्णय आफ्नो देश र युरोपका लागि जीत भएको दाबी गरे ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ