हिमपातले लिमी आउजाउ बन्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो ।

लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातका कारण लिमी आउजाउ बन्द भएको जानकारी दिनुभयो । लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएका कारण सडक अवरुद्ध भएका कारण लिमी आउजाउ बन्द भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम भनेको फोन मात्र हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको जानकारी दिनुभयो । लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गका बासिन्दाको आउजाउ बन्द भएको छ । सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए वैशाख जेठसम्म लिमी आउजाउ बन्द हुने छ । त्यसमाथि हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ