इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए ।

करिब ६७ मिलियन इजिप्टियनहरू राष्ट्रव्यापी ९ हजार भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्न योग्य छन् । तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए ।

अन्य तीन प्रतिष्पर्धीहरु सोसल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्स इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा, र पीपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन् । अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
40
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ