Ad imageAd image

काठमाडौंमा दोस्रो ऐतिहासिक डम्फू साँझ-२०८१ कार्यक्रम हुने

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, भाद्र २३ – मौलिक संस्कृति प्रवर्द्धनका उद्देश्यले दोस्रो ऐतिहासिक डम्फू साँझ-२०८१ कार्यक्रम काठमाडौंमा आयोजना गरिने भएको छ। “ह्याङ्ला डम्फू ह्याङ्लान शान, चुनोन ह्याङ्ला पहिचान” भन्ने मूल नाराका साथ कार्यक्रम दरबारमार्गस्थित लिक्विड लाउन्ज एण्ड बारमा आगामी असोज २१ गते शनिबार साँझ ५ बजे सुरु हुनेछ।

डम्फू साँझ प्राइभेट लिमिटेड को आयोजनामा हुने यो कार्यक्रमको उद्देश्य मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ। कोभिडका कारण केही वर्षका लागि स्थगित भएको यो कार्यक्रम पुनः दोस्रो पटक आयोजना हुन लागेको हो। पहिलो पटक २०७५ सालमा यो कार्यक्रम आयोजना भएको थियो।

पत्रकार सम्मेलनमार्फत चर्चित गायक तथा संगीतकार विश्व दोङ ले कार्यक्रमबारे विस्तृत जानकारी दिँदै कार्यक्रमको अवधारणा पत्र पनि सार्वजनिक गरे। यस वर्षको कार्यक्रममा दोङको नेतृत्वमा रहेको ल्हास्सो म्युजिकल ब्याण्ड द्वारा विशेष प्रत्यक्ष (लाईभ) प्रस्तुति हुने बताइएको छ। गायक विश्व दोङले ऐतिहासिक गाथासहितका मौलिक गीतहरू, पुराना चर्चित गीतहरू, र नयाँ गीतहरूको प्रस्तुति गर्नेछन्।

कार्यक्रममा गायक विश्व दोङको साथमा चर्चित गायिकाहरू सुमिना लोसुनिता गोले को विशेष प्रस्तुति पनि रहनेछ। टुङ्ना र डम्फूको समिश्रणसहितको सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुनेछ।

- Advertisement -
Ad imageAd image

उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे को प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन हुने गायक विश्व दोङले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

यो कार्यक्रमले नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकले अपेक्षा गरेका छन्।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
70%
1 km/h
बुध
23 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ