Ad imageAd image

विश्व नेपाली साहित्य महासङ्घ, म्यान्मा–थाई समन्वय शाखामा नयाँ नेतृत्व चयन : अध्यक्षमा ओमप्रकाश न्यौपाने र महासचिवमा दीपा राणा

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड- विश्वका विभिन्न कुनामा पुगेका नेपालीहरूले आफ्नो भाषा, साहित्य, संस्कार तथा संस्कृतिको जगेर्ना र विस्तारलाई तीव्रता दिइरहेका बेला थाइल्याण्ड र म्यान्मामा पनि नेपाली भाषा–साहित्यको गतिविधि थप सक्रिय बन्दै गएको छ। यसै क्रममा विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) म्यान्मा–थाई समन्वय शाखाले आगामी दुई वर्षे (सन् २०२६–२०२८) कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।

गत अक्टोबर ३१ (कार्तिक १४, विसं २०८३) का दिन जुम (भर्चुअल) माध्यमबाट सम्पन्न सातौँ साधारणसभा तथा निर्वाचनबाट संस्थाको अध्यक्षमा ओमप्रकाश न्यौपाने र महासचिवमा दीपा राणा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

विनेसाम केन्द्रीय समितिका अध्यक्ष प्रा. डा. लेखनाथ काफ्लेको सभाध्यक्षतामा सम्पन्न उक्त सभामा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरे तथा थाई नेपाली सङ्घका संरक्षक डेबिट खनाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमका वक्ताहरूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विनेसामले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्नुभयो। नवगठित कार्यसमितिले आगामी दिनमा साहित्यिक गतिविधिहरूलाई थप ऊर्जाशील बनाउँदै स्रष्टाहरूबीचको सहकार्य अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषा-साहित्यको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो।

- Advertisement -
Ad imageAd image

दुई चरणमा सञ्चालित कार्यक्रमको पहिलो चरणमा तत्कालीन अध्यक्ष अशोक घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने संरक्षक डेबिट खनालले शाखाको भावी कार्यदिशा र योजनाबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सागर घिमिरे, देवेन्द्र रिजाल, डेबिट खनाल, संस्कृत स्नातक सङ्घका महासचिव मोहन भट्टराई तथा केन्द्रीय पार्षद् सरगम ‘तैंतैं’ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित महासचिव दीपा राणाका अनुसार नवगठित कार्यसमितिको सचिवमा रमेश शिवाकोटी र रविचन्द्र अधिकारी तथा कोषाध्यक्षमा भीम खनाल चयन हुनुभएको छ। समितिमा ११ जना मुख्य सल्लाहकार र १७ जना मुख्य सदस्यहरू रहनुभएको छ भने आवश्यकता अनुसार आगामी दिनमा सदस्य सङ्ख्या थप गर्न सकिने जनाइएको छ।

सभाको अन्त्यमा प्रमुख निर्वाचन आयुक्त मोहनराज खनालले निर्वाचन प्रक्रिया सम्पन्न गर्दै सहभागी सम्पूर्णप्रति आभार प्रकट गरी सभा विसर्जन गर्नुभएको थियो। म्यान्मा र थाइल्याण्डका नेपाली साहित्यसेवी, भाषाप्रेमी तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त सभाले प्रवासमा नेपाली भाषा, कला र वाङ्मयको प्रवर्द्धनमा नयाँ सम्भावना र उत्साह थपेको छ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
88%
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ