Ad imageAd image

धरानमा श्रावण १५ भदौ ३१ गतेसम्म निःशुल्क दन्त परीक्षण शिविर हुने

1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धरान । धरानमा आगामी श्रावण १५ गतेदेखि सञ्चालन हुने निःशुल्क दन्त परीक्षण शिविरको प्रचारप्रसार सुरु भएको छ। स्व. विष्णु–मनमाया जोशी फाउन्डेसनको सहयोगमा ओम साई डेनटल इम्प्लान्ट सेन्टर प्रा.लि. ले आयोजना गर्न लागेको उक्त शिविर भदौ ३१ गतेसम्म सञ्चालन हुने क्लिनिकका डा. अजीत कुमार यादवले जानकारी दिए।

डा. यादवका अनुसार शिविरको तयारी अन्तिम चरणमा पुगेको छ। शिविर अवधिभर सेवाग्राहीले निःशुल्क दन्त परीक्षण गराउन सक्नेछन् भने आवश्यक दन्त उपचार सेवामा विशेष छुटको समेत व्यवस्था गरिएको उनले बताए।

उनले दाँत तथा मुखसम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गराउँदा भविष्यमा आउन सक्ने जटिल समस्या र अनावश्यक खर्चबाट बच्न सकिने उल्लेख गरे। त्यसैले मुख स्वास्थ्यप्रति सबैलाई सचेत बनाउने उद्देश्यले यो शिविर आयोजना गरिएको उनको भनाइ छ।

शिविरमा दाँत दुख्ने, गिजाबाट रगत आउने, दाँत हल्लिने, हराएको दाँत, कृत्रिम दाँत, इम्प्लान्ट तथा अन्य मुख स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण र आवश्यक परामर्श प्रदान गरिने जनाइएको छ।

- Advertisement -
Ad imageAd image

यो शिविर धरान–२, देशी लाइनस्थित ओम साई डेनटल इम्प्लान्ट सेन्टर प्रा.लि. मा हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमबारे जानकारी सर्वसाधारणसम्म पुर्‍याउन धरानका विभिन्न सार्वजनिक स्थानहरूमा प्रचारात्मक ब्यानर समेत राखिएको छ।

डा. यादवले दाँत तथा मुख स्वास्थ्यसम्बन्धी समस्या भएका सबैलाई शिविरको अवसरको लाभ उठाई निःशुल्क परीक्षण गराउन आग्रह गरेका छन्।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
88%
1 km/h
बुध
23 °C
बिहि
21 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ