Ad imageAd image

साहित्य मन थाइल्याण्डको २६औँ शृङ्खला सम्पन्न: ‘शान्ति र मुस्कान’ शीर्षकमा रचना वाचन

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक– प्रवासमा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धनमा सक्रिय संस्था ‘साहित्य मन थाइल्याण्ड’ले आफ्नो नियमित अनलाइन शृङ्खला ‘आदर्श दिव्य दर्पण’को २६औँ कडी भव्य रूपमा सम्पन्न गरेको छ। अक्टोबर २ तारिख (असोज १६) का दिन ‘विश्व अहिंसा दिवस’ तथा ‘विश्व मुस्कान दिवस’को सन्दर्भ पारेर ‘शान्ति र मुस्कान’ शीर्षकमा विशेष साहित्यिक साँझ आयोजना गरिएको हो।

भाषा तथा साहित्यको अध्यापनमा लामो समयदेखि समर्पित सहप्राध्यापक धनराज गिरिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा म्यान्माको टाउँजीबाट साहित्यप्रेमी कैलाश पौड्यालले ‘मुस्कान’, थाइल्याण्डको पतायाबाट रमेश सिवाकोटीले ‘सम्झना’ तथा रोशन शिवाकोटीले ‘चौमासाको महत्त्व’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो। यसैगरी बैंककबाट सुवास अधिकारीले ‘मेरी मुस्कान’, रविचन्द्र अधिकारीले ‘मेरो देश’, राज पौड्यालले ‘शान्ति र मुस्कान’ शीर्षकका कविता र भीमलाल खनालले उत्कृष्ट गजल वाचन गर्नुभएको थियो।

प्रमुख अतिथिको मन्तव्य राख्दै सहप्राध्यापक धनराज गिरिले अहिंसा र मुस्कान दिवस कुनै एक दिनको औपचारिकतामा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले दैनिक जीवनमा अग्रज र अनुजप्रति उचित सम्मान दर्शाउने, दुःखीहरूको समस्यामा सहयोग पुर्‍याउने तथा सकारात्मक व्यवहार अपनाउनु आवश्यक रहेको धारणा राख्नुभयो। “हामीले दैनिक जीवनमा जानी-नजानी शब्द, दृष्टि, व्यवहार वा मौनताबाट समेत अरूलाई मानसिक चोट पुर्‍याइरहेका हुन सक्छौँ,” उहाँले भन्नुभयो, “आफ्नो आचरण सुधारेर परिवार र समाजप्रति सचेत हुन सके मात्र सुन्दर समाज निर्माण हुन्छ। जीवनलाई खुसी बनाउन मानसिक रूपमा स्वस्थ रहनु अनिवार्य छ।”

ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन दीपा रानाले गर्नुभएको थियो। कार्यक्रम संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
moderate rain
20° _ 20°
83%
3 km/h
आइत
20 °C
सोम
25 °C
मंगल
24 °C
बुध
17 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ