Ad imageAd image

‘साहित्य मन थाइल्याण्ड’द्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा ‘आदर्श दिव्य दर्पण’को २८ औँ शृङ्खला भव्य रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक, थाइल्याण्ड: ‘साहित्य मन थाइल्याण्ड’को आयोजनामा नियमित अनलाइन साहित्यिक कार्यक्रम ‘आदर्श दिव्य दर्पण’को २८ औँ शृङ्खला सम्पन्न भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पावन अवसर पारेर नोभेम्बर १ तारिख (आइतबार) का दिन ‘सम्झना र सिर्जना’ शीर्षकमा विशेष अनलाइन साहित्यिक कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा म्यान्माको शान प्रान्तस्थित यकसक नगरमा रहेको श्री सरस्वती संस्कृत गुरुकुलका यादव शिवाकोटीले चाडपर्व विशेष वैदिक सनातन संस्कृतिका विभिन्न पक्षबारे चर्चा गर्नुभयो। उहाँले हाम्रा संस्कार र परम्परा केवल औपचारिकतामा मात्र सीमित नरही गहिरो साधना र योगसँग जोडिएको धारणा राख्नुभयो। यमपञ्चकको आध्यात्मिक महत्त्व, दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको दार्शनिक तथा वैज्ञानिक पक्ष, रङ्गहरूको आकार एवं विकार तथा नवरात्रिका हरेक दिनको विशिष्ट महत्त्वबारे उहाँले व्याख्या गर्नुभएको थियो। साथै दसैँका सेता र राता अक्षताको मर्म प्रस्ट्याउँदै उहाँले सुमधुर भजन समेत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नेपाल, म्यान्मा र थाइल्याण्डका विभिन्न सहरबाट सहभागीहरूले रचना वाचन गरेका थिए।

नेपालबाट सुभाषचन्द्र पौडेल (भीमफेदिया) ले महाकवि देवकोटाको अन्तिम समयमा रचिएको कविता ‘तिमीलाई के चढाऊँ’ तथा ‘आऊ भाइ तिहार मनाऊँ’ बोलको गीत प्रस्तुत गर्नुभयो। त्यस्तै शङ्करकुमार श्रेष्ठले ‘पहाड भत्केपछि’ र ‘पाठ तयार भयो’, मुरारि सिग्देलले ‘यो मन’ र ‘आफ्नैले सक्ने भए’, स्नेही शिवले शार्दूलविक्रीडित छन्दको ‘स्वर्गीय महाकवि देवकोटाप्रति’ तथा उपजाति छन्दको ‘संसार रूपी’ कविता, र सुमन थापा ‘सङ्गम’ ले ‘प्रज्ज्वलित हो धरौ’ र ‘नदीसँग साइनो’ शीर्षकका कविताहरू वाचन गर्नुभयो।

- Advertisement -
Ad imageAd image

म्यान्माबाट कैलाश पौड्यालले ‘साहित्यका उज्ज्वल छवि’ शीर्षकको कविता वाचन गर्नुभयो।

थाइल्याण्डको पट्टायाबाट रमेश शिवाकोटीले शार्दूलविक्रीडित छन्दमा ‘सत्य सन्देश’ तथा रोशन शिवाकोटीले ‘तिहार’ कविता प्रस्तुत गर्नुभयो। त्यस्तै बैंककबाट सुवास अधिकारीले मुक्तक र गजल, भीमलाल खनालले गजल तथा राज पौड्यालले ‘शब्दको दीप बालौँ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व ओमप्रकाश न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन दीपा रानाले गर्नुभएको थियो। विश्वभर छरिएर रहेका साहित्यप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
scattered clouds
16° _ 16°
78%
2 m/s
बुध
16 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ