Ad imageAd image

उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ– नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित सामाजिक संस्था ‘ह्वाईट क्रिएसन ग्रुप’ले भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। संस्थाले आगामी २०८३ साल असोज १७ गते शनिबार बोसिंयाँउस्थित बुद्ध मन्दिर प्राङ्गणमा विहान ९:०० बजेदेखि “एक यात्रा नयाँ सुरुवातको” शीर्षक अन्तर्गत उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा प्रवर्द्धन २०८३ एवं विविध सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रम गर्न लागेको हो।

नेवारी समुदायभित्रका शाही तथा खड्गी समाजमा जन्मदेखि मृत्युकर्मसम्म बजाइने परम्परागत ताल बाजाको संरक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने र यसलाई सरकारी अभिलेखमा सूचीकृत गराउने लक्ष्यका साथ कार्यक्रमको अवधारणा अघि सारिएको संस्थाले जनाएको छ। यो बाजा विशेष भूगोल, समय, जात्रा र पर्वहरूमा मात्र सीमित रहँदै गएकाले यसको संरक्षण आवश्यक रहेको आयोजकको भनाइ छ

कार्यक्रममा वाद्यवादनका वरिष्ठ गुरुहरू (थकाली गुरुहरू) लाई राज्य र सरकारसँग सहकार्य गरी सम्मान गरिनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगी तथा सहभागी समूहहरूलाई नगदसहित पुरस्कार तथा सम्मान प्रदान गरिने व्यवस्था मिलाइएको छ। नगर र जिल्ला हुँदै यस कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ

संस्थाका अध्यक्ष रवि शाहीको नेतृत्वमा आयोजित यस कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढाइएको छ। संस्थाले सल्लाहकारहरूमा देवेन्द्र प्रधान, गायकहरू धिरज राई र राजेश विष्ट, संगीत प्रभाकर रवि राना मगर तथा कानुनी सल्लाहकार उत्तम बा. विष्टलाई समावेश गरी कार्यक्रमलाई भव्य बनाउने योजना बनाएको छ

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
moderate rain
26° _ 26°
61%
3 km/h
शनि
26 °C
आइत
27 °C
सोम
26 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ