Ad imageAd image

धरानमा सहकारी नियमन र अनुगमन प्रभावकारी बनाउन रास्वपाको ५ बुँदे माग, कार्यवाहक मेयरलाई ध्यानाकर्षण पत्र

3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

धरान : सुनसरीको धरानमा सहकारी संस्थाहरूको नियमन, अनुगमन र बचतकर्ताको रकम सुरक्षाका लागि दक्ष जनशक्ति सहितको विशेष व्यवस्था गर्न कार्यवाहक मेयर आईन्द्र बेघा समक्ष माग गरिएको छ । शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी,धरान नगर सह-सचिव सन्दीप शाक्यको टोलीले उक्त माग गरेका हुन ।

दिउँसो करिब २ बजेको समयमा शाक्य सहितको टोली कार्यवाहक मेयर बेघाको कार्यकक्षमा पुगी ५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेका हुन ।

सो क्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहभित्रका सहकारी संस्थाहरूको दर्ता, सञ्चालन अनुमति, नवीकरण, नियमन र अनुगमनको पूर्ण जिम्मेवारी स्थानीय सरकार हुनुपर्ने भन्दै धरान उपमहानगरपालिका भित्र सञ्चालित सहकारी संस्थाहरूको वर्तमान अवस्था र उपमहानगरपालिकाको गैरजिम्मेवारपूर्ण कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) धरान नगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । शाक्यले अहिले देशभर सहकारी क्षेत्रमा गम्भीर सङ्कट चुलिएको र  सर्वसाधारण नागरिकले आफ्‌नो रगत पसिना बगाएर आर्जन गरेको करोडौँ रुपैयाँको बचत जोखिममा परेकोले  नेपाल सरकार (सङ्घीय सरकार) ले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ती गराउने विशेष अभियान नै सुरु गरिसकेको परिप्रेक्ष्यमा, धरान उपमहानगरपालिका भने यस विषयमा सचेत, सक्रिय र जिम्मेवार नभएको प्रस्ट देखिन आएको अवगत गराउँदै सचेत गराइएको बताए  । उनले हाम्रो बजार अनुगमन र अध्ययनका क्रममा धरान उपमहानगरपालिकामा  गम्भीर लापरबाही र भद्रगोल अवस्थाहरू फेला परेका छन् । उपमहानगरपालिकामा सहकारी सम्बन्धी दक्ष जनशक्तिको चरम अभाव, उपमहानगरपालिकामा सहकारी विभाग हेर्ने छुट्टै शाखा र एक जना अधिकृत तोकिए पनि  उक्त शाखामा सहकारी प्राविधिक र प्रशासनिक ज्ञान भएका कुनै पनि दक्ष कर्मचारी थप नगरिएको बताए । यसका अलावा जनशक्तिको अदक्षता, सहकारी क्षेत्रको संवेदनशीलता, वित्तीय सन्तुलन, र कानुनी जटिलता बुझ्न सक्ने गरी वर्तमान जिम्मेवार अधिकारीलाई आवश्यक तालिम र सक्षमता प्रदान गरिएको छैन । प्रणाली (सिस्टम) को दुरुपयोग, डिजिटल वा प्रशासनिक प्रणाली (सिस्टम) उपलब्ध भए तापनि त्यसको सही सदुपयोग हुन सकेको छैन । जसका कारण सहकारीहरूको अनुगमन, निरीक्षण र कैफियत देखिएका संस्थाहरू माथि गरिने कानुनी कारवाहीको अवस्था पूर्ण रूपमा शून्य छ। यस्तो चरम उदासीनताले धराने जनताको अरबौँको बचत जोखिममा परेको मात्र नभई, नियमनकारी निकायप्रति नै आम नागरिकको अविश्वास चुलिँदै गएको पार्टीको बुझाई छ ।

तसर्थ  यी र यस्ता भद्रगोल र लज्जास्पद अवस्थाको तत्काल अन्त्य गरी धरानका बचतकर्ताहरूको रकम सुरक्षित गर्न र सहकारी क्षेत्रलाई मर्यादित बनाउन राष्ट्रिय स्वतन्त्र पाटी, धरान नगर समितिले उपमहानगरपालिका कार्यवाहक मेयर आईन्द्र विक्रम बेघा समक्ष ५ बुँदे सुझाव सहितको माग पत्र पेस गरेको छ।  उक्त माग पत्रको बोधार्थ : को रूपमा भूमि, व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ लाई पेस गरिएको शाक्यले जानकारी दिएका छन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
92%
1 km/h
शुक्र
23 °C
शनि
25 °C
आइत
23 °C
सोम
23 °C
मंगल
22 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ