Ad imageAd image

फुकेटमा थाई नेपाली संघको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रामजी पौडेल निर्विरोध निर्वाचित

1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

फुकेट l थाई नेपाली संघ, फुकेट शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रामजी पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम अघि बढाउने निर्णय पनि गरेको छ।

संघका अनुसार नयाँ नेतृत्व चयन प्रक्रिया सहमतिकै आधारमा सम्पन्न भएको हो। निर्वाचित अध्यक्ष पौडेलसँगै कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरूलाई पनि अधिवेशनले अनुमोदन गरेको छ। कार्यक्रमका सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

फुकेटमा करिब दुई दशकदेखि बसोबास गर्दै आएका अध्यक्ष पौडेल युवा व्यवसायी तथा समाजसेवीका रूपमा नेपाली समुदायमा सक्रिय मानिन्छन्। स्थानीय नेपाली गोर्खाली समुदायका विभिन्न सामाजिक गतिविधि, समस्या समाधान तथा आपसी सहयोगका कार्यहरूमा उनले निरन्तर भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

अधिवेशनमा बोल्ने वक्ताहरूले विदेशमा बसेर पनि नेपाली भाषा, संस्कृति र पहिचान जोगाउन समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए। विशेष गरी नयाँ पुस्तालाई नेपाली भाषा र संस्कारसँग जोडेर राख्ने प्रयासलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

- Advertisement -
Ad imageAd image

नवनिर्वाचित अध्यक्ष पौडेलले समुदायको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा फुकेटमा रहेका नेपालीहरूको एकता मजबुत बनाउने, सामाजिक सहकार्य बढाउने तथा विभिन्न सामुदायिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनमा थाइल्यान्डका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधि, व्यवसायी तथा समाजसेवीहरूको उपस्थिति रहेको संघले जनाएको छ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
drizzle
20° _ 20°
100%
मंगल
23 °C
बुध
23 °C
बिहि
28 °C
शुक्र
26 °C
शनि
27 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ