Ad imageAd image

थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सागर ज्ञवाली निर्वाचित

1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कोसामोइ (थाइल्याण्ड): थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन तथा नवनिर्वाचन सभा २२ फेब्रुअरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट सागर ज्ञवाली अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी सन् २०२६ देखि २०२८ सम्मका लागि शाखाको नेतृत्व सम्हाल्नेछन्।

कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित अध्यक्ष ज्ञवाली तथा सम्पूर्ण कार्यकारिणी समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। थाई नेपाली सङ्घ केन्द्रले जारी गरेको सन्देशमा नयाँ नेतृत्वले सङ्गठनलाई अझ एकताबद्ध, सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

सङ्घप्रतिको निष्ठा, इमानदारी, सेवा भाव र अनुभवका आधारमा बनेको नेतृत्वले आगामी दिनमा शाखालाई थप सक्रिय बनाउने अपेक्षा गरिएको केन्द्रको भनाइ छ। साथै, सामूहिक सहकार्य, दूर दृष्टि र सङ्गठनात्मक प्रतिबद्धताका साथ समुदायका विभिन्न गतिविधि अघि बढाइने उल्लेख गरिएको छ।

विदेशमा रहेका नेपाली तथा गोर्खाली समुदायको हकहित संरक्षण, आपत्–विपत्‌मा सहयोग तथा आपसी सहकार्यलाई अझ मजबुत बनाउने दिशामा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरिएको छ।

- Advertisement -
Ad imageAd image

थाइल्याण्डका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न महाधिवेशनले सङ्गठनको आगामी कार्यदिशाबारे समेत छलफल गरेको सङ्घले जनाएको छ।

सेयर: 27
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
100%
1 km/h
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
23 °C
बिहि
28 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ