Ad imageAd image

साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७ औँ भाग भव्य रूपमा सम्पन्न गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भ पारेर संस्थाले ‘मनभित्रको मौसम’ शीर्षकमा विशेष अनलाइन अन्तरक्रिया तथा साहित्यिक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै लामो समयदेखि नेपाली भाषा-साहित्यमा साधनारत वरिष्ठ कवि, समालोचक तथा अनुसन्धाता प्रमोद प्रधानले आधुनिक प्रविधि र साहित्यको वर्तमान अवस्थाबारे धारणा राख्नुभयो। उहाँले प्रविधिले जनजीवन सहज बनाए पनि मानव सिर्जनशीलतामा भने चुनौती थपेको उल्लेख गर्नुभयो। विशेषगरी एआई (AI) तथा च्याटजिपिटी (ChatGPT) जस्ता प्रविधिले अध्ययन र लेखनका सामग्री सहजै उपलब्ध गराएपछि मानिसमा हुनुपर्ने मौलिक मिहिनेत, कल्पनाशीलता र लगनशीलता ओझेल पर्दै गएको उहाँको भनाइ थियो। यस्ता प्रविधिको प्रयोगलाई व्यवस्थित गर्न अभिभावक, शिक्षा प्रणाली र राज्यस्तरबाटै आवश्यक नीति-नियम र कानुनी दायरा निर्धारण गरिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

यसैगरी बालबालिकालाई सानै उमेरदेखि मानसिक स्वास्थ्यबारे शिक्षित गराउनुपर्ने, जीवनोपयोगी तालिम दिनुपर्ने, एक्लोपनबाट जोगाएर सामाजिक वातावरण निर्माण गरिदिनुपर्ने र स्क्रिन समय घटाएर मनका कुरा खुला रूपमा आपसमा साटासाट गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमकी विशेष अतिथि एवं मानसिक स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय दीपा धितालले मानसिक समस्यासम्बन्धी आफ्ना प्रत्यक्ष कार्यअनुभवहरू प्रस्तुत गर्नुभयो। मनभित्र गुम्सिएका पीडा र डर कसैले थाहा पाए सामाजिक प्रतिष्ठा गुम्छ कि भन्ने चिन्ताले मानिसहरू चरम निराशा र आत्महत्याको अवस्थासम्म पुग्ने गरेको उल्लेख गर्दै उहाँले समयमै प्रोत्साहन, हौसला र परामर्श दिन सके जीवन रक्षा गर्न सकिने बताउनुभयो। मानसिक समस्या कुनै ‘पागलपन’ नभई अन्य शारीरिक समस्याजस्तै सामान्य रोग भएकाले यसबारे गाउँ-गाउँसम्म सचेतनामूलक कार्यक्रम र विशेषज्ञ परामर्श आवश्यक रहेको धारणा उहाँले व्यक्त गर्नुभयो।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा थाइल्याण्डबाट भीमलाल खनालले आफ्ना उत्कृष्ट एक कविता र दुई गजल वाचन गर्नुभएको थियो।

उक्त अनलाइन कार्यक्रमको अध्यक्षता साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेले गर्नुभएको थियो भने संस्थाकी सचिव दीपा रानाले कार्यक्रमको प्रभावकारी सञ्चालन गर्नुभएको थियो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
clear sky
18° _ 18°
79%
1 km/h
बुध
18 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ