धरान l राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मङ्गलवार वृक्षारोपण गरेको छ ।वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका ८ नं. वडा समितिले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । पार्टीको ८ नम्बर वडा समितिको आयोजनामा स्थानीय हिमाली सामुदायिक वन फुटबल मैदान क्षेत्रमा पहिलो चरण अन्तर्गतको वृक्षारोपण गरेको पार्टीका धरान नगर सह सचिव सन्दीप शाक्यले जानकारी दिए । रास्वपा धरान उपमहानगर समितिका उपसभापति राम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। त्यस्तै, कार्यक्रममा सङ्गठन विभाग प्रमुख सन्दीप शाक्य, नगर कोषाध्यक्ष ठंगबहादुर राईको विशेष उपस्थिति र ९ नं. वडा सभापति सुधीर कटुवाल लगायतको उपस्थितिमा उक्त वृक्षारोपण सम्पन्न गरिएको हो।
धरान ८ नं. वडाका कार्यवाहक सभापति शिव तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन भने सनम थापाले गर्नुभएको थियो।
पहिलो चरणको यस कार्यक्रममा वातावरण र मानव स्वास्थ्यका लागि फलदायी हुने विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। पार्टीका वडा सदस्य विश्वराम कार्कीका अनुसार वृक्षारोपण क्षेत्रमा तेजपता, अम्ब, जामुना, फडिर, चिउरी लगायतका बोटबिरुवाहरू रोपिएको जानकारी दिए ।उनका अनुसार ”खाली क्षेत्रलाई हराभरा बनाउन यस अभियानले ठुलो सघाउ पुर्याउने विश्वास छ।”
यस वृक्षारोपण अभियानलाई आगामी शनिवार दोस्रो चरण अन्तर्गत पनि विभिन्न प्रजातिका बिरुवाहरू रोपण गर्ने तयारी भइरहेको वडा सदस्य प्रकाश भुजेलले जानकारी दिनुभयो।
रास्वपाले राजनीतिक गतिविधि सँगसँगै सामाजिक र वातावरणीय उत्तरदायित्व बहन गर्दै धरानमा रचनात्मक कार्यहरूलाई तीव्रता दिइरहेको धरान ८ का सक्रिय सदस्य विनोद ढकालले बताएका छन्।
संवाददाता







