Ad imageAd image

२१२ औँ भानुजयन्ती विशेष: ‘साहित्य मन थाइल्याण्ड’ को आयोजनामा ‘आदर्श दिव्य दर्पण’ २१ औँ शृङ्खला भव्य रूपमा सम्पन्न

लोकेन्द्र ओली
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

बैंकक– नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको पावन अवसरमा ‘साहित्य मन थाइल्याण्ड’ को आयोजनामा ‘आदर्श दिव्य दर्पण’ को २१ औँ शृङ्खला (अनलाइन) भव्य रूपमा सम्पन्न भएको छ। ‘नेपाली भाषाका सूत्रधार भानुभक्तको सम्झना’ भन्ने मूल नाराका साथ आइतबार, १२ जुलाई २०२६ का दिन नेपाली समय बेलुकी ७:३० बजे र थाइल्याण्डको समय बेलुकी ८:४५ बजे आयोजित उक्त भर्चुअल कार्यक्रममा विश्वका विभिन्न देशबाट साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यस गरिमामय कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विशिष्ट साहित्यकार डा. गोविन्द आचार्य ज्यूले महत्त्वपूर्ण मार्गनिर्देशन प्रदान गर्नुका साथै आफ्नै महाकाव्यबाट पञ्चचामर छन्दमा रचित उत्कृष्ट कविता वाचन गर्नुभएको थियो। त्यसैगरी मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार युवराज नयाँघरे ज्यूले विशेष मन्तव्य राख्दै आदिकवि भानुभक्तको योगदान र नेपाली भाषा-साहित्यको गरिमाबारे प्रकाश पार्नुभयो। नेपालबाट विशिष्ट अतिथिको रूपमा जोडिनुभएका गोविन्दराज विनोदी ज्यूले ‘भानुप्रति श्रद्धासुमन’ अर्पण गर्दै ‘यस्तै छ नेपालमा’ शीर्षकमा आफ्नो मन्तव्य तथा चोटिलो रचना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नेपाल र म्यान्मारका सर्जकहरूले उत्कृष्ट रचनामार्फत भर्चुअल डबलीलाई साहित्यिक बुट्टाले सजाएका थिए। नेपालबाट जोडिनुभएका साहित्यप्रेमी स्नेही शिब ज्यूले शार्दूलविक्रीडित छन्दमा ‘भानुसँग’, ‘आमा नरोऊ’ र ‘भोलिको मेरो देश’ शीर्षकका देशभक्तिपूर्ण र साहित्यिक भावनाले ओतप्रोत कविताहरू वाचन गर्नुभएको थियो। त्यसैगरी म्यान्मारबाट साहित्यप्रेमी मधुसुदन भट्टराई ज्यूले शार्दूलविक्रीडित छन्दमा आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै पञ्चचामर छन्दमा ‘भानुभक्त’ कविता प्रस्तुत गर्नुभएको थियो।

आयोजक राष्ट्र थाइल्याण्डबाट पनि सर्जकहरूको बेजोड प्रस्तुति रहेको थियो। साहित्यकार राम निरौला ले भानुभक्त आचार्यका दुई कविता, रामायण श्लोकको सस्वर वाचन र ‘मलाई शहर भन्दा गाउँ नै मन पर्छ’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो भने योगेन्द्र पोयेकर ले उत्कृष्ट रचनाको सस्वर वाचन गर्नुभएको थियो। त्यस्तै भीमलाल खनाल ले मर्मस्पर्शी गजल र रविचन्द्र अधिकारी ले ‘भानुभक्तलाई प्रणाम’ कविता प्रस्तुत गर्नुभएको थियो। यसैगरी रमेश शिवाकोटी ले ‘आभार आचार्यको’ अभिव्यक्ति र भानुभक्तप्रति समर्पित सुमधुर गीत प्रस्तुत गर्नुभयो भने रोशन शिवाकोटी ले ‘नयाँ वर्ष’ कविता र राज पौड्याल ले ‘भानुको सम्झना’ कविता वाचन गर्नुभएको थियो।

- Advertisement -
Ad imageAd image

‘साहित्य मन थाइल्याण्ड’ को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रमले प्रवासमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा थाइल्याण्डवासी नेपालीहरू कति दृढ छन् भन्ने स्पष्ट पारेको छ। अनलाइनको माध्यमबाट जोडिएका सयौँ दर्शक तथा साहित्य अनुरागीहरूले यस शृङ्खलालाई भव्य रूपमा सफल बनाएका थिए।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
अध्यक्ष  contact@lokendraoli.com  Web

अध्यक्ष

मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
81%
1 km/h
मंगल
23 °C
बुध
27 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ