Ad imageAd image

सेवाकै क्रममा दुर्घटना : विद्युत् प्राधिकरण धरानका दुई कर्मचारीको मृत्यु

3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

धरान l नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

धरान–इटहरी सडक खण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोसी लोक मार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक सहित दुई जनाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राती नै ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान जानेमा धरान–१३ घर भई विद्युत् प्राधिकरण धरान वितरण केन्द्रमा करार गाडी चालकको रूपमा सेवामा कार्यरत ३३ वर्षीय बीर्खबहादुर राई र स्थायी प्राविधिकको रूपमा कार्यरत धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा घाइते भएका धरान–२० निवासी ३२ वर्षीय पदम राईको निधार र छातीमा चोट लागेको छ।उनको अवस्था बोल्न सक्ने रहेको जनाइएको छ।

- Advertisement -
Ad imageAd image

नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख रामहरि पोखरेलका अनुसार धरानमा राति करिब साढे १० बजे रुखको हाँगाले विद्युत् लाइनमा क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। त्यसपछि लाइन पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारीहरू तत्काल घटनास्थलतर्फ गएका थिए। बिजुली गएको केहीबेगरमै उहाँहरू यहाँबाट निस्कनुभएको थियो। त्यसपछि सम्पर्क हुन सकेन। धेरै बेरपछि धरानका डिएसपी भीषणबाबु राईबाट गाडी दुर्घटनाको खबर आयो, प्रमुख पोखरेलले बताए। उनका अनुसार राति करिब २ बजे मात्रै विद्युत् आपूर्ति पुनः सुचारु गरिएको थियो।

प्रहरीका अनुसार स्कारपियो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा परेको गाडी हाल इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ।यसैबिच धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आईन्द्र विक्रम बेघाले विद्युत् मर्मत गर्ने जाने क्रममा गाडी दुर्घटनामापरी ज्यान गुमाएका विद्युत् प्राधिकरण धरानका कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार रातिको १२ बजे भएको दुःखद दूर घटनामा असामयिक रूपमा जीवन गुमाउनु भएका धरान उपमहानगरपालिका वडा नं. १३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार) तथा धरान उपमहानगरपालिका वडा नं. १६ निवासी ४९ वर्षीय सुमन आचार्य (स्थायी कर्मचारी) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु लेख्नुभएको छ ।

बेघाले जनताको सेवामा समर्पित रहँदै आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भएको उहाँहरूको असामयिक निधनले सम्पूर्ण धरानलाई स्तब्ध र मर्माहत बनाएको छ। उहाँहरूको इमानदारी, समर्पण र सेवा भाव सधैँ सम्मानका साथ स्मरण गरिनेछ। दिवङ्गत आत्माहरूको चिर सान्तीको कामना गर्दै शोक सन्तप्त परिवार, आफन्तजन, सहकर्मी तथा सम्पूर्ण विद्युतप्राधिकरण धरान शाखा परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछु भनेर उल्लेख छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
82%
2 km/h
मंगल
23 °C
बुध
27 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ