Ad imageAd image

बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका

थाइल्याण्ड नेपाल डटकम
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले ठूलो मात्रामा आर्थिक अनियमितता तथा घोटाला गरेको तथ्य बाहिर आएको छ। नेपाल सरकारले विपद्को राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गर्दै सम्पूर्ण दातृ निकाय तथा विदेशस्थित संघ-संस्थाहरूलाई सिधै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रकम जम्मा गर्न पटक-पटक कडा निर्देशन दिएको थियो। विदेशमा रहेका नेपालीहरूलाई सहयोग पठाउन सहज होस् भनेर नेपाल सरकारले कार्ड पेमेन्टको व्यवस्थासहित छुट्टै अनलाइन पोर्टल समेत निर्माण गरेको थियो। तर एनआरएनए थाइल्याण्डले सरकारको उक्त स्पष्ट निर्देशन र नीतिलाई खुला रूपमा लत्याउँदै राहत रकममा आर्थिक चलखेल र अपचलनको बाटो रोजेको पाइएको छ।

एनआरएनए थाइल्याण्डको आन्तरिक लेखा विवरण अनुसार बाढी राहत अभियान अन्तर्गत अगस्ट र सेप्टेम्बर २०२६ सम्ममा कुल १६ लाख १२ हजार ३२ थाई भाट संकलन भएको देखिन्छ। जसमा रसिद सहित १४ लाख ८४ हजार ११७ भाट र रसिद बिना १ लाख २७ हजार ९१५ भाट संकलन गरिएको छ। तर यति ठूलो परिमाणमा रकम संकलन गरिए तापनि पहिलो चरणको राहत भन्दै एनआरएनए थाइल्याण्डले जम्मा ६ हजार ६०० अमेरिकी डलर अर्थात् २ लाख २१ हजार १७८ थाई भाट मात्र नेपाल पठाएर झण्डै ८६ प्रतिशत रकम अझै आफ्नै कब्जामा राखेको छ। युओबी (UOB) बैंकको रसिद अनुसार प्रधानमन्त्री राहत कोषमा ३ हजार ३०० डलर (१ लाख १० हजार ५८९ भाट) र एनआरएनए आपतकालीन कोषमा ३ हजार ३०० डलर (१ लाख १० हजार ५८९ भाट) गरी जम्मा २ लाख २१ हजार १७८ भाट मात्र पठाइएको छ। कुल संकलित रकमबाट बाँकी रहेको १३ लाख ९० हजार ८५४ थाई भाट (करिब ५० लाख नेपाली रुपैयाँभन्दा बढी) पीडितसम्म नपुर्‍याई किन र कसको स्वार्थमा रोकेर राखियो भन्ने तथ्यले ठूलो आर्थिक घोटालाको आशंकालाई बलियो बनाएको छ।

यस प्रकरणमा सबैभन्दा आपत्तिजनक विषय के छ भने, परोपकारी कार्यका लागि संकलित उक्त रकम संस्थागत आधिकारिक खातामा नभई व्यक्तिको नाममा खोलिएको व्यक्तिगत संयुक्त खाता (Joint Account) मा राखेर अनियमित कारोबार गरिएको पुष्टि भएको छ। प्राप्त बैंक विवरण अनुसार खाता नम्बर ६९९-१९३-९९८-६ संस्थाको नाममा नभएर ‘अमृत कुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ र भूषण’ को नाममा व्यक्तिगत संयुक्त खाताको रूपमा सञ्चालन भइरहेको छ। सर्वसाधारणले पसिना बगाएर पठाएको राहत रकम संस्थागत पारदर्शी प्रणालीभन्दा बाहिर लगेर व्यक्तिगत पहुँच रहने खातामा राख्नु सिधै वित्तीय अपचलन र भ्रष्टाचारजन्य कार्य भएको भन्दै सरोकारवालाहरूले औँल्याएका छन्।

एनआरएनए थाइल्याण्डमाथि विपद्को राहत रकम हिनामिना र घोटाला गरेको आरोप लागेको यो पहिलो पटक भने होइन। यसअघि वि.सं. २०७२ सालको विनाशकारी महाभूकम्पका बेला पनि थाइल्याण्डमा रहेका नेपालीहरूबाट भूकम्प पीडितका नाममा संकलित करोडौँ राहत रकम यस्तै व्यक्तिगत खाता र अपारदर्शी माध्यम प्रयोग गरी हिनामिना गरिएको गम्भीर आरोप नेतृत्वमाथि लाग्दै आएको थियो। विगतको इतिहास दोहोरिने गरी नेपाल सरकारको एकद्वार प्रणाली लत्याएर व्यक्तिगत खाता प्रयोग गरिनु र संकलित रकमको ८६ प्रतिशत हिस्सा (१३.९ लाख भाट) रोकेर राखिनुले थाइल्याण्डस्थित सम्पूर्ण नेपाली समुदायमा तीव्र आक्रोश र व्यापक जनगुनासो जन्माएको छ। पीडितको आँसुमाथि खेलवाड गर्दै गरिएको यस आर्थिक घोटालाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग सहयोगीदाताहरूले जोडदार रूपमा उठाएका छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
light rain
24° _ 24°
69%
1 km/h
शनि
27 °C
आइत
27 °C
सोम
26 °C
मंगल
26 °C
बुध
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ