Ad imageAd image

धरान–६ पानबारीमा मोटरसाइकल दुर्घटना, विद्युत् पोलमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीस्थित दर्लामी चोक (भूमि प्रशासन कार्यालय) नजिक शुक्रवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको मोटरसाइकल मदन भण्डारी राजमार्गमा अचानक अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटना यति शक्तिशाली थियो कि चालकले घटनास्थलमै ज्यान गुमाएका थिए।

दुर्घटनामा मृत्यु हुने व्यक्ति झापाको दमक नगरपालिका निवासी ४५ वर्षीय गिरिराज शर्मा रहेको ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल माबोहाङ ले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल अत्यधिक गतिमा रहेका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेका थिए।

- Advertisement -
Ad imageAd image

मृतक शर्माको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको वास्तविक कारण खुलाउन ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेका छन्। पछिल्लो समय धरान क्षेत्रमा तीव्र गतिका कारण हुने सवारी दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले चालकहरूलाई गति नियन्त्रणमा राखी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
moderate rain
24° _ 24°
83%
2 km/h
शुक्र
23 °C
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ