Ad imageAd image

लेखक जिज्ञान कुमारको ‘जापानः सपना, सङ्घर्ष र सफलता’ पुस्तक लोकार्पण

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । पुस्तक लेखक जिज्ञान कुमार थापाले जापान बसेर प्राप्त गरेको ज्ञान र अनुभवहरु पुस्तकमा राखेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘जापान ः सपना, सङ्घर्ष र सफलता’ पुस्तक लोकार्पण समारोहमा उनले जापान जान चहाने वा काम गर्न चहाने सबैले जान्नुपर्ने आवश्यक कुराहरुको पुस्तकमा राखेको भन्दै जापाना जाने इच्छा भएको सबैलाई यो पुस्तक पढ्न आग्रह गरेका छन् ।

उनले भने, ‘जापानमा धेरै नेपालीहरु जानुहुन्छ भने उहाँहरुलाई धेरै जापानिजहरुसँग मिल्ने मौका मिले हुन्थ्यो, तर त्यसको लागि त्यहाँको रहनसहन परम्परा बुझ्न जरुरी छ । उनीहरु केमा खुसि हुन्छ त्यो कुरा थहा पाउनुपर्छ । त्यसको लागि पहल गर्नुपर्छ कि भनेर मैले केही गाइडलाइन दिनको लागि यो किताब लेखेको हो । जापान जान चहाने, त्यहा बसेर पढि रहनुभएका, काम गर्नेहरुको लागि मैले जापान बसेर प्राप्त गरेको ज्ञान र अनुभवहरु यो पुस्तकमा राखेको छु ।’

- Advertisement -
Ad imageAd image

यसको साथै, कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले दुवै देशको नागरिकले एकअर्कालाई बुझ्न जरुरी भएको भन्दै त्यसको लागि आज लोकापर्ण भएको पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसको साथै, उनले सबैलाई यो पुस्तकको सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले जापानमा पढ्न र काम गर्नको लागि धेरै नेपालीहरु जाने गरेका छन् । नेपाली युवाहरु जापानमा कामको लागि जाने कुरा हाम्रो लागि एकदमै राम्रो हो । हामी त्यसमा आभारी पनि छाँै । नेपालीहरु जापान जाने क्रम बढेपछि जापानिजहरुले पनि नेपाली परम्परा बुझन् आवश्यक हुन्छ । दुवै देशको नागरिकले एकअर्कालाई बुझ्न जरुरी छ । यसको पाटोबाट हेर्दा यो पुस्तक एकदमै महत्वपूर्ण रहेको छ । यो पुस्तकको सबैले सदुपयोग गर्नुपर्छ भन्ने मेरो भनाई छ ।’

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
68%
2 km/h
बिहि
23 °C
शुक्र
23 °C
शनि
23 °C
आइत
25 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ