स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ ।
बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुग्नुभएका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताउनु भयो । उहाँले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताउनु भयो । उहाँले बिहीवार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताउनु भयो । उहाँले पहिचान हुन नसकेको शवहरुको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने बताउनु भयो । उहाँले नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै उहाँले वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु पसररहेको बताउनु भयो । उहाँले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताउनु भयो । उहाँले सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि बताउनु भयो । उहाँले पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान हुन नसके डिएनए गर्नुपर्ने र डिएनए गर्नुपरेको खण्डमा समय लाग्ने रहेछ । डिएनएको समय तीन, चार दिन लाग्न सक्ने कुरा आएको छ । यि तीन कुराबाट पहिचान भएको शवलाई भोलि बेलुकासम्म रिलिज गर्न सकिन्छ । छिटो भन्दा छिटो शव पहिचान गर्नेगरी काम भइरहेको छ । हिजो ४ वटा भएको छ । त्यसलाई म्याचिङ गर्न बाँकी छ । अहिले तीन वटाको काम भइरहेको छ । बेलुकासम्म शव पहिचान हुन्छ । पहिचान हुन सकेको शवहरु भोलिसम्म आफन्तलाई जिम्मा लगाइने भनिएको छ । हाम्रो हवाई क्षेत्र धेरै सुरक्षित हुन सकिरहेको छैन । यो हामीले वर्षेनी यो समस्या झेल्नुपरेको छ । पछिल्लो समयमा हरेक वर्ष झैँ यो दुर्घटना भइरहेको छ । यसको कारण पत्ता लगाउन जरुरी छ । कहाँ सावधानी अपनाउने, कहाँ लापरवाही भयो, यसलाई पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले समस्या पत्ता लगाउनु पर्छ । पर्यटन क्षेत्रमा पनि यसले गम्भीर असर पार्छ । हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ । प्राविधिक क्षेत्रमा टेक्निकल इरर हुनु हुँदैन । स्पष्ट मापदण्ड हुनुपर्छ । मापदण्ड पूरा भएको जहाजलाई लापरवाही गरेर उडान गर्न दिनु हुँदैन । नियमित अनुगमन गर्नुपर्छ । छानबिन समिति गठन गर्न आयोग गठन गरिएको छ । व्यवस्थित ढंगले छानबिन गर्न ४५ को समय दिइएर अध्ययन गर्न भनिएको छ । कारण, निवारण खोजेर प्रतिवेदन दिन भनिएको छ । समितिले यसका सम्पूर्ण पक्षहरु खोतल्ने छ । ब्ल्याक बक्स सुरक्षित छ, त्यसले पनि धेरै वास्तविक कुरा पत्ता लाग्छ । वास्तविकता गहिराईमा गएर खौज्दा पत्ता लाग्छ । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्छ ।’
उहाँले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि बताउनु भयो । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकताक छिटै पत्ता लाग्ने पनि बताउनु भयो । उहाँले दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्ने बताउनु भयो । बुधवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । १९ जना यात्रु सवार विमानका पाइलट शाक्य भने उपचाररत हुनुहुन्छ ।(NAN)