Ad imageAd image

गुरुनानक जयन्ती मनाइँदै, उपराष्ट्रपतिले दिए शुभकामना सन्देश

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । शिख धर्मावलम्बीहरुले आज गुरुनानक जयन्ती मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलितलगायत कार्यक्रम आयोजना गरिएका छन् ।


यसै सिलसिलामा आज दिउसो कुपन्डोलको गुरुद्वारामा विशेष समारोहको आयोजना गरिदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराएको मानिन्छ।
गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराउने प्रचलन छ।


यता, उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।


गुरुनानक जयन्ती, २०८१ का अवसरमा शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

- Advertisement -
Ad imageAd image


गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानवमात्रको कल्याण गर्ने जीवन सूत्रहरु दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले गुरुनानकको उपदेशले सत्य, आत्मज्ञान र मानवताप्रति सदैव समर्पित हुने शिक्षा प्रदान गर्ने बताएका छन् ।
गुरुनानकका उपदेशलाई जीवनमा आत्मसात् गर्दै राष्ट्रिय एकता, परस्पर प्रेम, भ्रातृत्व र शान्तिको भावना फैलाउने दृढ सङ्कल्पका साथ अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै कार्यवाहक राष्ट्रपति यादवले यस जयन्तीले सत्य, करुणा र सेवाभावको मार्गमा हिँड्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
76%
1 km/h
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
32 °C
बुध
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ