Ad imageAd image

दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दार्चुला  । शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबै मृतकको सनाखत भएको जनाएको छ । मृतकमध्ये २ भारतीय नागरिक, २ जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
30°C
Kathmandu
few clouds
30° _ 30°
44%
2 km/h
शुक्र
30 °C
शनि
31 °C
आइत
31 °C
सोम
28 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ