Ad imageAd image

पत्नीले चिर्पटले हान्दा पतिको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारीमा श्रीमतीले चिर्पट (दाउरा)ले हान्दा श्रीमानको मृत्यु भएको छ।  चौरजहारी नगरपालिका-२ विजयश्वरी बस्ने अन्दाजी ३२ वर्षीया दिपा कुमालले श्रीमान ४० वर्षीय मधु कुमाललाई चिर्पटले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नवराज पोखरेलले गएराति करिब अढाई बजेको समयमा उक्त घटना भएको हो।  ‘घरयासी विवादका कारण सिर्जना भएको झगडाका क्रममा पत्नीले पतिलाई चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरी केहीबेरअघि घटना स्थलमा पुगेको छ,’ डीएसपी पोखरेलले भने, ‘थप अनुसन्धानबाट घटनाको बारेमा विस्तृत जानकारी आउला।’ प्रहरीका अनुसार उनीहरुका अन्दाजी १७ वर्षका एक छोरा छन्।

  सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिइसकेको डिएसपी पोखरेलले बताए।  मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमपश्चिमतर्फ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
36%
1 km/h
मंगल
32 °C
बुध
34 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ