नवनियुक्त नेपाली राजदूत वलीलाई एनआरएनए थाइल्याण्डद्वारा स्वागत  

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले नवनियुक्त नेपाली राजदूत धनबहादुर वलीलाई स्वागत गरेको छ । 

बैंकको सुकुम्बित सोइ-५ स्थित बेलेरी होटेलमा शनिबार आयोजित समारोहमा एनआरएनए अध्यक्ष भविन्द्र बस्नेतले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । थाइल्याण्डमा अवस्थित नेपालीहरू नेपाली राजदूतावास र राजदूत वलीसँग सहकार्य गर्न तयार रहेको उनले प्रतिबद्वता जनाए । 

 परराष्ट्र मन्त्रालयका सहसचिव रहेका वली पुस २ गते अर्थात डिसेम्बर १८ मा थाइल्याण्डका लागि नेपाली राजदूत नियुक्त भएका थिए । 

स्वागत समारोहमा राजदूत वलीले नेपाली डायस्पोराको हक हितका लागि प्रतिबद्व भएर काम गर्ने प्रतिबद्वता जनाए । उनले थाइल्याण्डमा आर्जन गरेको पुँजी र सीप मातृभूमिको विकास तथा समृद्विमा लगानी गर्न आह्वानसमेत गरे । 

राजदूत ओलीले थाइ नेपाली भाषीको समस्याबारे आफू जानकार रहेको भन्दै आफ्नो तहबाट सरकारसँग पहल गर्ने आश्वासन दिए । 

समारोहमा प्रतिष्ठित नेपाली व्यवसायी, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिलगायत सहभागी थिए । 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ