Ad imageAd image

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह सहित छ जनालाई पक्राउ गर्न अनुमती

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ । १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा छ जनालाई पक्राउ पुर्जी जारी गरिएको हो ।  

सुर्खेत प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि पनि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउका लागि अनुमती लिएको थियो । ‘किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पूर्जी माग गरेका थियौं, अदालतले अनुमति दिएको छ,’ सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले भन्नुभयो, ‘‘उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं ।’’

सुर्खेतको जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो । 

- Advertisement -
Ad imageAd image

हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिनुभएको थियो ।  जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ । 

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
95%
2 km/h
बुध
21 °C
बिहि
21 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ