Ad imageAd image

यु–१९ विश्वकप : नेपाललाई न्युजिल्यान्डले दियो ३०३ रनको चुनौतीपूर्ण लक्ष्य

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाललाई जितको लागि न्युजिल्यान्डले तीन सय तीन (३०३) रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

दक्षिण अफ्रिकास्थित इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय दुई (३०२) रन बनाएको छ ।

न्युजिल्यान्डका लागि स्नेहित रेड्डीले अविजित एक सय ४७ रनको सतकीय इनिङ्स खेल्नुभयो । उहाँले एक सय २५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

कप्तान ओस्कार ज्याक्सनले ७५,  टोम जोन्सले ३३, लुक वाटसनले १४ र एलेक्स थम्पसनले १३ रन बनाउनुभयो । बलिङमा नेपालका सुवास भण्डारीले तीन विकेट लिनुभयो । गुलशन झाले दुई तथा दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट झार्नुभयो । 

- Advertisement -
Ad imageAd image

नेपाल आज न्युजिल्यान्डलाई हराएर विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यसअघि यु–१९ विश्वकपमा न्युजिल्यान्डसँग खेलेको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो । नेपाल न्युजिल्यान्डविरुद्ध सन् २००६ मा एक विकेट र सन् २०१६ मा ३२ रनले विजयी भएको थियो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिख अफगानिस्तानसँग खेल्नेछ । 

विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । 

नेपाली  टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
27 °C
शुक्र
20 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ