कांग्रेस महासमिति बैठकका लागि प्रतिवेदनको तयारीमा महामन्त्री थापा र शर्मा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल गर्न शुक्रबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले बैठकअघि नै महासमिति बैठकमा प्रस्तुत हुने महामन्त्रीका प्रतिवेदनलाई अन्तिम रुप दिएर बैठकमा प्रस्तुत गर्ने तयारी गरेका हुन् । दुई महामन्त्रीबीच नक्सालमा छलफल चलिरहेको छ । आगामी महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् भने अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।

त्यस्तै, उपसभापति पूर्णबहादुर खड्काले पार्टीको आगामी नीतिका विषयमा प्रतिवेदन पेस गर्नेछन् । महामन्त्री शर्माका स्वकीय सचिव दिनेश थापामगरले दुई नेताबीच पार्टीको महासमिति बैठकका प्रतिवेदनलाई एकरुपता दिन र राजनीतिक तथा सांगठनिक प्रस्तावहरुलाई अन्तिम रुप दिने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय गरिसकेको छ भने बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता सहभागी हुनेछन् । तर त्यही मितिमा बैठक गर्ने विषयमा कांग्रेसभित्र मतैक्यता छैन । महामन्त्रीद्वयसहित कोइराला समूहका नेताहरुले तोकिएको मितिमै महासमिति बैठक गर्न दबाब दिइरहेका छन् ।

तर सभापति देउवाले भने यसअघि नै जाडोयाममा त्यति ठूलो कार्यक्रम गर्न नसकिने भन्दै अरु दुई महिना पर धकेल्ने प्रयास गरिरहेका छन् । महासमिति बैठक सार्ने वा त्यही मितिमा गर्ने भन्नेबारे शुक्रबार बस्ने कार्यसम्पादन समितिको बैठकले निर्णय लिनेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ