खन्ती प्रहारबाट साथीको हत्या

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बिर्तामोड, चैत ८ गते । बिहीबार बिहान ५ बजेको समयमा झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो ।

सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमान सिंह राई (लोके)ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमान र सनम साथी हुन्।

कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
73%
5 km/h
बिहि
21 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ